प्रचण्डको स्वास्थ्यमा समस्या

२७ कात्तिक, काठमाडौँ।

Advertisement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रचण्ड अहिले निजी निवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको उनले सचिवालयले जनाएकाे छ ।

Advertisement

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको जनाइएको छ। शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो। प्रचण्ड नआउने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top