×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन तर्जुमा गरिने

२७ कार्तिक २०७८

२७ कात्तिक, काठमाडाैँ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन बनाउन जुटेको छ । गुठी–मोहीहरूको हितमा सबैका धर्म, संस्कार र संस्कृतिको रक्षा हुने गरी गुठीसम्बन्धी कानुन बनाउन मन्त्रालयले सरोकारवालासँग छलफल सुरु गरेको हो ।

Advertisement
Advertisement

मन्त्रालयले मुक्त हलिया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधि गुठी संस्थानका पदाधिकारी, कानुनका जानकार र संस्कृतिविज्ञसँग छलफल सुरु गरेको छ । नेपालको ६८ जिल्लामा गुठी जग्गा छन् । पहाडतर्फ रैतानी, अधिनस्थ र तैनाथी गरी पाँच लाख ६१ हजार ९९० रोपनी, तराईमा ६६ हजार ३३० बिघा र राजगुठी दुई हजार ८२ रोपनी रैतानी हुन सकेको छैन ।

मोहीहरूको दिनचर्यामा व्यवधान उत्पन्न भएका छन् । गुठी संस्थानको अनुमति बेगर घर निर्माण गर्न नपाउने, धितो राख्न, बेचबिखन गर्न अनुमति लिनुपर्ने भएकाले किसानलाई जग्गाको मालिक बनाउने गरी नयाँ ऐन ल्याउन लागेको मन्त्रालयको दाबी छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले किसानका हितअनुकूल हुने, परम्परा, संस्कार र संस्कृतिको रक्षा र सम्वर्द्धनमा थप टेवा पुग्ने गरी कानुन बनाइने बताइन् । यसअघि विभिन्न विवादका कारण सङ्घीय संसद्ले गुठी विधेयक सदनबाट फिर्ता लगेको थियो ।

तत्कालीन सरकारले २०६३ सालमा ७५ प्रतिशत छुटमा जग्गा रैतानी खुला गरेको थियो । तर २०६४ मा सर्वोच्च अदालतले रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेपछि वर्तमान सरकार किसानलाई जमिनको मालिक बनाउन मिल्ने गरी नयाँ कानुन निर्माणको तयारीमा जुटेको देखिन्छ ।

जग्गा रैतानी भनेको नेपाल सरकार गुठी संस्थानले तोकेको निश्चित शुल्क बुझाइ संस्थानसँग खरिद गरेको जग्गालाई रैतानी जग्गा भनिन्छ । गुठी सञ्चालनको खर्च जुटाउन आम्दानी आउने गरी दाताले हक छाडिदिएको जग्गा गुठी जग्गा हुन् । गुठी जग्गा कमाउने व्यक्ति मोही हुन् ।

नेपालको संविधान, विविध भागको धारा २९० ले गुठी जग्गामा मूलभूत अन्तर नपर्ने गरी भोगाधिकार गर्ने व्यक्तिले जग्गा आफ्नो नाममा प्राप्ति गर्न सक्नेछन् भन्ने व्यवस्था छ । संविधानले सङ्घीय संसद्लाई रैतानी गर्न मार्गप्रशस्त गरेको भए पनि संविधान कार्यान्वयनमा ढिलासुस्ती भएकाले किसान मर्कामा परेका हुन् ।

गुठीका जग्गामा जबर्जस्ती घर–टहरा बनाइ बस्ने, सत्तल, पाटी, पौवा, बागबगैँचा कब्जा गर्ने, सार्वजनिक पोखरीका डिलमा घर बनाइ बस्ने तथा गुठीका जग्गामा हाटबजार लगाउन र पोखरी ठेक्कामा दिने खालका अतिक्रमण भएका छन् । व्यक्ति र संस्था विशेषले गर्ने अतिक्रमण एकातिर छ भने अर्कातिर नेपाल सरकारले गुठी जग्गा उपयोग गरेबापत झण्डै दुई अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थानले जनाएको छ ।

Advertisement

गुठी जग्गाको नियमनकारी निकाय गुठी संस्थान हो । संस्थानले पाँच प्रकारका जग्गाको रेखदेख, संरक्षण र संवर्द्धन गर्दै आएको छ । अधिनस्थ, तैनाथी, रैतानी, नम्बरी र खान्गी । गुठी ऐनको दफा ५३ ले गुठीको कामको प्रत्यक्ष रेखदेख गर्न स्थानीय निकाय तथा प्रशासनको प्रमुखको दायित्व हुने छ भन्ने व्यवस्था छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top