सानेपा कार्यालयमा रौतहट कांग्रेसीको ११५ दिनदेखि धर्ना

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

Advertisement

महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका नेपाली कांग्रेसका स्थानीय नेताले धर्ना दिएको ११५ दिन नाघेको छ ।

गत साउन पहिलो सातादेखि महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष हुनुपर्ने माग राखेर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको आइतबार ११५ दिन नाघेको हो ।

Advertisement

‘रौतहट कांग्रेसले विधाविपरीत सदस्यको नामावली केन्द्रमा पठाएपछि हामी ८ साउनदेखि धर्नामा बसेका छौं । सभापतिबाहेक सबैजसो नेताहरू आएर सम्बोधन गर्नुभयो । तर, कसैले पनि हाम्रो मागको सुनवाइ अझैसम्म गरेनन्,’ रौतहटका स्थानीय नेता रामश्रीत साहले जनतापाटीसँग भने, ‘वडादेखि नै विधानविपरीत काम भएकाले हामीले निरन्तर बहिस्कार गर्दै आएका छौं, यो जारी रहनेछ ।’

केन्द्रीय कार्यालयमा धर्ना जारी राखेको भए पनि रौतहटको क्रियाशील सदस्यता भने सार्वजनिक गरिसकेका छ । जिल्लामा वडा, क्षेत्रका निर्वाचन प्रक्रिया पनि सुरु भइसके पनि असन्तुष्टहरू भने सानेपामा धर्ना दिइरहेका छन् ।

Advertisement

उक्त धर्नामा रौतहटका कांग्रेस नेताहरु रामश्रीष साह, देवचन्द्र मिश्र, उदय यादव, भोगेन्द्र झा, वीरेन्द्र राय यादव, नमोनाथ यादव, रामविश्वास साहलगायतका नेताहरूको उपस्थित हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top