६ करोडका लागतमा शङ्खधर उद्यान तयार

२८ कात्तिक ७८, सोमबार

२९ कार्तिक, काठमाडौं ।

मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ। नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडमा सो उद्यान तयार पारिएको हो।

शङ्खधर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार उद्यानको शुभारम्भ गर्दै उपत्यकाका १२ नगरपालिकालाई धार्मिक तथा पर्यटकीय उद्यान तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको बताए।

उनले भने, ‘काठमाडौं महानगरपालिका सबैभन्दा जेठो र स्रेत साधन पनि धेरै भएको सांस्कृतिक पालिका हो, आफ्नो नगरपालिका मात्रै बनाएर हुँदैन, छिमेकी नगरपालिका पनि बनाउनुपर्छ तब मात्र महानगरपालिकाको गौरव बढ्छ भनेर नगरपालिका नगरपालिका साझेदारी कार्यक्रम अगाडि बढायौँ, यसको एउटा नमूना यो उद्यान हो ।’

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘शङ्खधर उद्यान निर्माणका लागि कूल रु १३ करोडको गुरुयोजना स्वीकृत गरेका थियौँ, यसमा पहिलो चरणको काम सम्पन्न ग¥यौँ, बाँकी काम अर्को वर्ष अर्को कार्यकालका लागि बाँकी राखेका छौँ, बाँकी काम सम्पन्न गर्न महानगरले आगामी वर्ष अझ धेरै आर्थिक सहयोग गर्छ भन्ने विश्वास लिएको छु ।’

करिब १३ रोपनी क्षेत्रफलमा ढुङ्गाको खुट्किला, पानीको झरना, झुण्डिएको बगैँचा, ढुङ्गेधारा, एम पी थियटर ९डवली०, पदमार्ग, दुबो रोपेर हरियो बगैँचा, ह्याङ्गिङ गार्डेन, निर्माण भएको छ। गुरुयोजनाअनुसार बाँकी पाँच रोपनीमा हरियो उद्यान, चिल्ड्रेन पार्क, परम्परागत शैलीको सत्तल (पाटी), शङ्खधर साख्वाःको शालिक, ठूलो शङ्ख, रक क्लाइम्मिङ, रोप क्लाइम्मिङ निर्माण गर्ने काम बाँकी भएको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरपालिकाले पनि संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेको बताइन्।

कार्यक्रममा शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, शङ्खधर साख्वाः प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुर थिमि नपा वडा नं ४ का सदस्य रामकेशरी श्रेष्ठलगायतले शङ्खधर उद्यान र सम्पदा संरक्षणमा थिमिले चालेको कदमको चर्चा गरेका थिए। कार्यक्रममा भैरव–काली, महाकाली, लाखे, महामञ्जुश्री, कुमारी नृत्य, नौ बाजा तथा गीत प्रस्तुत गरिएको थियो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top