ईपीएस भाषा परीक्षा पुस १ देखि

२८ कात्तिक ७८, सोमबार

२९ कार्तिक, काठमाडौं ।

Advertisement

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गते रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै भाषा परीक्षा सञ्चालन गर्न लागिएको विभागले जनाएको छ।

Advertisement

विभागअन्तर्गतको ईपीएस शाखाका अनुसार भाषा परीक्षा आगामी पुस १ गतेदेखि हुनेछ। परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुने परीक्षा पुस ७ गतेसम्म चल्नेछ।

गतवर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेको थिएन। सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २१५ जना युवा सहभागी थिए। उनीहरूमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए।

Advertisement

उत्तीर्ण गरेका मध्येबाट १० हजार ५० जना दक्षिण कोरिया जाने बताइएका पनि कोरोनाका कारण उनीहरूले प्रवेश पाउन सकेका छैनन्।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ। सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top