बिहान १० देखि साँझ ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने

बिहान १० देखि साँझ ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने

२९ कात्तिक, काठमाडौँ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि फारम भर्न अनलाइन प्रणालीमा अधिक चाप परेको भन्दै यातायात व्यवस्था विभागले एक हप्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आवेदन लिन बन्द गरेको छ । विभागले सोमबार एक सूचना निकालेर एक हप्ताका लागि साे समयान आवेदन लिन बन्द भएको जनाएको छ ।

अधिक चापले गर्दा यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यमा असर परेको विभागको भनाइ छ ।

प्रणालीको लोड (चाप) व्यवस्थापन कार्य सम्पन्न भएपछि मात्र अनलाइन आवेदन प्रणाली सञ्चालन हुने विज्ञप्तिमा जनाएको छ । अब राति र बिहान मात्र अनलाइन आवेदन दिन पाइने छ।

विभागले गत कातिक ८ गते नयाँ लाइसेन्सका लागि आवेदन खुल्ला गरेको थियो । नयाँ लाइसेन्सका लागि अहिलेसम्म करिब चार लाखले आवेदन दिएको विभागले जनाएको छ । आवेदन दिएकाले पनि लिखित र ट्रायल परीक्षाका लागि ६–७ महिना कुर्नुपर्ने अवस्था रहेकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.