सर्वोच्चका न्यायाधीश विभाजित, पाँच जनाले गरे ‘फुलकोर्ट’ बाहेकका छलफलमा सहभागी नहुने निर्णय

२९ कात्तिक ७८, मंगलबार

२९ कात्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच फाटो आएको छ । पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् ।

पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको पाँच असन्तुष्टमध्ये एक न्यायाधीशले बताए ।

उनले भने, ‘हामीले आज स्पष्ट रुपमा तपाईंहरुको छलफलमा भोलिदेखि आउन सक्दैनौं । लामो समयदेखिको यो निर्णयहीनता हाम्रा लागि स्वीकार्य भएन भनेर स्पष्ट रुपमा भनिदियौं । भोलि उहाँहरुसँगको छलफलमा जादैनौं । बन्दी प्रत्यक्षीकरणको निवेदन सुन्छौं ।’

असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुगेका न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ छन् ।

ती न्यायाधीशका अनुसार, बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न कुनै समस्या छैन । साथै दुवै पक्षका कानून व्यवसायीहरु सहभागी भएमा अरु मुद्दावारे विचार गर्न सकिने उनले बताए । ती न्यायाधीशले भने, ‘अलमलमा लामो समय भयो, अब यसरी थप समय व्यतित गर्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top