बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

३० कात्तिक, विराटनगर ।

माेरङकाे पथरी शनिश्चरे नगरपालिका- २ जय चोक स्थित राजमार्गमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका- ४ बस्ने भावना अचार्यको ७ बर्षीय छोरा बिवस आचार्य रहेका छन् ।

आज बिहान साढे ७ बजे प्रदेश-३-००१ ख २०० नम्बरको काठमाडौबाट आएको नाईट बसले आमासँग बाटो क्रस गरिरहेका बिवसलाई  ठक्कर दिएको थियाे । बसको ठक्करबाट गम्भिर घाईते भएका बालकको उपचारको लागि पथरी अस्पतालमा पुर्याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटना गराई फरार रहेको बस र चालक भोजपुर रामप्रसाद राई गाउँपालिका-६ का ३४ बर्षीय शम्भु थापालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.