अर्जेन्टिना विश्वकपमा छनोट

१ मंसिर, एजेन्सी ।

Advertisement

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा चिली र उरुग्वेले हार बेहोरेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको छ ।

मंगलबार भएको खेलमा इक्वेडरले चिलीलाई २-० ले पराजित गरेको हो । त्यस्तै अर्को खेलमा उरुग्वे बोलिभियासँग ३-० ले पराजित भएको थियो ‌‌। छनोटकै अर्को खेलमा कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेल्दा पेरुले भेनेजुएलालाई १-० ले हरायो ।

Advertisement

त्यसअघि अर्जेन्टिनाले ब्राजिलसँग गोलरहित बराबरीमा रोकिँदै आफैं विश्वकपमा छनोट हुन सकेको थिएन । तर चिली र उरुग्वेको हारसँगै अर्जेन्टिना छनोट हुन सफल भएको छ ।

ब्राजिल भने यसअघि नै छनोट भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top