१ मंसिर, काठमाडौँ ।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार(आज) बेलुकी काठमाडौं आउँदै छन् । लु आएको एक दिनपछि बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि आउने भएकी छन् ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले बुधबार बिहान विज्ञप्ति जारी गर्दै किडरलिङले नेपाली अधिकारीहरु र नागरिक समाजका उदीयमान अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि उहाँहरूको भ्रमण हुन लागेको हो । कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ ।’