×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रेस सेन्टर मोरङको चौथो सम्मेलन सम्पन्न, तीन समिति निर्माण

२ मंसिर २०७८

२ मंसिर, विराटनगर ।

प्रेस सेन्टर नेपाल मोरङको चौथो जिल्ला सम्मेलन बाट तीनवटा समिति निर्वाचित भएका छन् । प्रेस सेन्टरले जिल्ला समन्वय समितिमा अर्जुन आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति निर्माण गरेको छ । यस्तै विराटनगर महानगर समितिमा श्रीमन्त भट्टराईको अध्यक्षतामा १३ सदस्यीय समिति र सरोज बस्नेतको अध्यक्षतामा १३ सदस्यीय पूर्वी शाखा समिति निर्माण गरिएको हो ।

Advertisement
Advertisement

जिल्ला समन्वय समितिको खुल्ला उपाध्यक्षमा नविन कर्ण, समावेशी महिला उपाध्यक्षमा बविता साम्पाङ, सचिवमा हरि अधिकारी, सहसचिवमा ज्योति शर्मा, राजेश राजवंशी र कोषाध्यक्षमा बाबुराम मुडियारी रहेका छन् । सदस्यहरुमा पवनकुमार शाह, शिवहाङ राई, मौसम लिम्बू, सुरज ढुंगाना, आशिका लम्साल, ऋषि राई, भगतराम चौधरी, सुमन कुरुम्बाङ, रामकुमारी राई र पुजन दास रहेका छन् ।

यस्तै विराटनगर समितिको उपाध्यक्षमा अनिल श्रेष्ठ, सचिवमा प्रेम देवान, सहसचिवमा राकेश कर्ण र कोषाध्यक्षमा सुजता लिम्बू चयन भएका छन् । सदस्यहरुमा प्रियका यादव, जय कामत, विनोद मेहता, बबिता लिम्बू, सुशिल साह, निरज चौधरी, राजकुमार मण्डल र पूजा लम्साल रहेका छन् ।

यस्तै पूर्वी शाखा समितिका उपाध्यक्षमा डम्बर सेन्चुरी, सचिवमा सन्दिप राई र कोषाध्यक्षमा एलिना दियाली रहेका छन् । सदस्यहरुमा गोपाल नेपाली, सृजना धिमाल, संगीता चाम्लिङ, क्रान्ति लिम्बू, सुमन सुब्बा, सम्झना राई, अनिल विक्रम चौहान, महेश भट्टराई र संगीता चाम्लिङ रहेका छन् ।

सम्मेलनबाट केन्द्रीय सम्मेलनका लागि ४ जना प्रतिनिधि छनौट गरेको छ । जसमा किशन शाही, विनु तिम्सिना, सत्यनारायण शर्मा र बबिता साम्पाङ राई रहेका छन् । यस्तै प्रदेश प्रतिनिधिमा अनिल श्रेष्ठ, प्रेम देवान, सन्दिप राई, सुजाता लिम्बू, एलिना दियाली र राकेश कर्ण चयन भएका छन् ।

सम्मेलनमा पूर्व मन्त्री तथा राष्ट्रियसभा सदस्य गोपी आछामी, प्रदेश सांसद तथा माओवादी केन्द्र मोरङका सह–इन्चार्ज कूलप्रसाद साम्बा, माओवादी मोरङका संयोजक गणेश उपे्रती (शुसिल), विराटनगरका सहइन्चार्ज हेम कार्की विशाल, संयोजक भोगेन्द्र यादव, प्रेस सेन्टरका केन्द्रीय कार्यालय सदस्य तथा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव विवेक गौतम, संगठनको १ नम्बर प्रदेश इन्चार्ज राजन केडी, प्रदेश संयोजक श्रीशीसा राई, केन्द्रीय सदस्यहरू भक्तशेर लिम्बू, गणेश लम्साल, नवराज कट्टेल, सुरेश कार्की, सुजन तिम्सिना, प्रदेश सदस्यहरु विनोद घिमिरे, किशन शाहीलगायतको उपस्थिति थियो । सम्मेलनलाई नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइराला, प्रेस युनियन मोरङका उपाध्यक्ष कौशल निरौला, संघीय प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादवलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

माओवादी नेताहरु अछामि, लिम्बू, उप्रेती, यादव तथा प्रेस सेन्टरका नेता गौतम, प्रदेश इन्चार्ज केडी तथा संयोजक राईलगायतले प्रेस सेन्टरको आगामि भूमिको विषयमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top