६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्राउ

१ मंसिर ७८, बिहीबार

२ मंसिर, काठमाडौं ।

Advertisement

महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको टोलीले ६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्रेको छ।

इन्द्रावती गाउँपालिका ८ सिन्धुपाल्चोकी ६५ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापा मगर, रामेछापको शिरुवारी गाउँपालिका २ का २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ का १९ वर्षीय चिरञ्जिवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती पक्राउ परेको जनाइएको छ ।

Advertisement

उनीहरुको साथबाट ६५ हजार ३६५ रुपैयाँ नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गरिने उपकरणहरु समेत प्रहरीले बरामद गरेको छ। उनीहरुले १०० दरका १५०० थान नोटहरु बजारमा पठाइसकेको खुलेको छ।

गोकर्णेश्वरको दक्षिणढोकामा केही व्यक्तिले नक्कली नोटबाट सामान खरिद गर्न लागेको सूचनाका आधारमा प्रहरीले खोजतलास थाल्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top