प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा

१ मंसिर ७८, बिहीबार

२ मंसिर, डोटी ।

Advertisement

उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली यहाँ आइपुगेको छ।

सुदूरपश्चिममा विश्वविद्यालयको सङ्ख्या पर्याप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय पर्याप्त मात्रामा नभएकाले आवश्यक जनशक्ति उत्पादन गर्नका लागि थप प्राविधिक विश्वविद्यालयको आवश्यकता रहेकाले सम्भाव्यता अध्ययन गर्न प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल डा हेमराज जोशीको संयोजकत्वमा रहेको टोली यहाँ आइपुगेको हो।

Advertisement

टोलीले अबको समाजका लागि आवश्यक शिक्षा प्रणाली कस्तो हुनुपर्छ भन्नेलगायत विषयमा जिल्लास्थित विद्यालय, क्याम्पस, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको धारणा लिइरहेको छ । विद्यालयस्तरबाटै सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक शिक्षालाई जोड दिए शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिने नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य केवि साउदले बताए।

निजी विद्यालयमा शिक्षाको सिकाइस्तर प्रभावकारी हुने तर लोकसेवा पास गरेर आएका सरकारी विद्यालयका सिकाइस्तर न्यून हुने कारण खातलेर सरकारले नीति पारित गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेश सरकारले उच्च शिक्षा नीति निर्माण गरेर सुदूरपश्मिेली समुदायलाई पायक पर्ने ठाउँमा प्रादेशिक विश्वविद्यालय स्थापना गरिनुपर्ने डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले बताए।

Advertisement

सरकारले हालसम्म उच्च शिक्षासम्बन्धी नीति निर्माण गर्न नसक्दा विभिन्न झमेला खेप्दै आउनुपरेकाले प्रदेश सरकारले विश्वविद्यालय निर्माण गर्दा अरु विश्वविद्यालयभन्दा फरकसम्बन्धी ठाउँमा उपयुक्त हुने किसिमको पाठ्यक्रम निर्माण गरेर अध्यापन गराउनुपर्ने क्याम्पस प्रमुख जोशीको भनाइ छ ।

गुणस्तरीय शिक्षाको अभावमा उत्पादन भएका जनशक्तिले विदेश पलायन हुनुपर्ने बाध्यता रहेकाले प्रदेश सरकारले शिक्षासम्बन्धी नीति निर्माण गर्दा सम्बन्धित ठाउँको आवश्यकताअनुसारको शिक्षा प्रणालीको विकास गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top