विराटनगर, साउन २३
बिहीबार मनाइने २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा प्रदेश नम्बर १ सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ । बिहीबार आदिवासी जनजाती समुदायले २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने हुदाँ प्रदेश सरकारले विदा दिएको हो ।
सरकारले एक नम्बर प्रदेशमा आदिवासी जनजातीको बाहुल्यता रहेका कारण साउन २४ बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । हरेक बर्ष अगष्ट ९ तारिकमा विश्वभर आदिवासी दिवस मनाईदै आएको छ ।
अधिकार प्रतिनिधीत्व, स्वायतत्ता/स्वशासनका लागि आदिवासीको अडानः मानव पहिचान सहितको संघीयताका लागि संबिधान संसोधन हाम्रो साझा अभियान भन्ने नाराका साथ यस वर्ष नेपालमा दिवस मनाउन लागिएको छ ।
दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरले विहीबार प्रदेश राजधानी विराटनगरमा विहीबार विभिन्न कार्यक्रमको आयोेजना गरेको छ ।