थप २९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

२ मंसिर, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Advertisement

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २६० रहेको छ भने कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ भने ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top