यू १५ महिला साफ च्याम्पियनसिप : नेपालको उपाधि जित्ने लक्ष्य

२३ साउन ७५, बुधबार
Share this
767shares

भुटान, साउन २३
पन्ध्र वर्षमुनि उमेर समूह (यू १५)को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोली यस पटक भने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाउमा छ । यो दोस्रो संस्करणको प्रतियोगिता हो ।

Advertisement

विगतमा भन्दा यस पटकको साफ च्याम्पियनसिपमा तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको नेपाली टोलीका प्रशिक्षक गंगा गुरुङ बताउँछिन् । उनले खेलाडीको नियमित तालीमसँगै मनोबल पनि उच्च रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताइन् । पाकिस्तान र बंगलादेश दुवै टोली बलियो भएको टिप्पणी गर्दै प्रशिक्षक गुरुङले भने, “खेल हो हार जीत त भइहाल्छ तर नेपाली चेलीले उत्कृष्ट प्रदर्शन गर्नेछन् ।”

पहिलो संस्करणको खेलमा भने नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । त्यतिबेला नेपालले कुनै पनि खेलमा जीत हासिल गर्न सकेन ।नेपाली टोलीका कप्तान प्रीति राईले प्रतियोगिता तयारीका लागि अन्तर्राष्ट्रिय तालीम नलिएता पनि नेपाली महिला खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । नेपालले यही साउन २६ गते पाकिस्तानसँग पहिलो खेल खेल्दैछ । समूह ‘बी’मा रहेको नेपालको समूहमा पाकिस्तानसँगै बंगलादेश छ ।

Advertisement

बंगलादेशका मुख्य प्रशिक्षक गोलोन रोब्बिनले आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा लिएको बताए । बंगलादेश गत संस्करणको उपाधि विजेता हो ।त्यस्तै बंगलादेशको कप्तानीको जिम्मेवारी पाएकी माभी माण्डाले आफूहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय तालीम लिएकाले खेलमा कुनै किसिमको दबाब नहुने प्रतिक्रिया दिइन् ।

यता पाकिस्तानका प्रशिक्षक मोहम्मद रसिदले तीन वर्षपछि मात्र आफ्नो राष्ट्रले फुटबलमा सहभागिता जनाएको भन्दै प्रतियोगितामा सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताए । उनका अनुसार टोलीले एक महिना मात्र बन्द प्रशिक्षणमा रही तालीम लिएका थिए ।समूह ‘बी’मा रहेका भारत, श्रीलंका र भुटानका प्रशिक्षकहरुले प्रतियोगितामा सकेसम्म उपाधि रक्षा गर्ने दाउमा रहेको बताए ।भोलिदेखि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलंका भिड्नेछन् भने दोस्रो खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top