८ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

८ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

३ मंसिर, काठमाडौं ।

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका उनीहरुलाई बढुवा सिफारिस गरेकाे प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव विश्वराज पोखरेलले जानकारी दिए।

बढुवाका लागि सिफारिस  हुनेमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.