महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोपपछि टिम पेनले छाडे अष्ट्रेलियाको कप्तानी

३ मंसिर, एजेन्सी ।

Advertisement

चार वर्षअघि महिला सहकर्मीलाई अश्निल सन्देशको आरोप लागेपछि अष्ट्रेलियाका टेस्ट कप्तान टिम पेनले कप्तानीबाट राजीनामा दिएका छन् । विश्व टेस्ट क्रिकेटकै सर्वाधिक प्रतिष्ठित एशेज सिरिज सुरु हुन तीन हप्ता समय बाँकी रहेको अवस्थामा पेनले कप्तानी छाडेका छन् । ३६ वर्षीय पेनले एसेज सिरिज भने खेल्नेछन्।

उनले २०१७ मा अश्लिल सन्देश पठाएको आरोप छ। त्यतिबेला उनी सात वर्षपछि अस्ट्रेलियाको टेस्ट टिममा परेका थिए। क्रिकेट अस्ट्रेलिया र क्रिकेट तास्मानियाले पेनलाई आरोपको विषयमा स्पष्ट पार्नका लागि समय दिएका छन्।

Advertisement

पेनले कप्तानबाट राजीनामा दिने निर्णय कठिन भएको बताउँदै चार वर्षअघि आफूले सहकर्मीलाई सन्देश पठाएको स्विकार गरेका छन्। साथै उनले अनुसन्धानमा सहयोग गर्ने बचन दिएका छन्।

२०१८ मा स्टिभ स्मिथ बल टेम्परिङ काण्डका कारण एक वर्षको प्रतिबन्धमा परेपछि पेनले अष्ट्रेलिया टेस्ट कप्तानी पाएका थिए । स्मिथ प्रतिबन्धमा परेपछि सिमित ओभरको कप्तानी आरोन फिन्चले गरेका थिए ।

Advertisement

अष्ट्रेलियाले तीव्र गतिका बलर तथा उपकप्तान प्याट कमिन्सलाई कप्तानको जिम्मेवारी दिने सम्भावना छ । स्टिभ स्मिथ पनि कप्तानको रुपमा फर्किने सम्भावना त्यतिनै छ । दीर्घकालिन कप्तानका रुपमा शीर्षक्रमका ब्याटर मार्नस लाबुसेन बन्न सक्छन् । क्रिकेट अष्ट्रेलियाले यस विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन ।

पेनले २३ खेलमा टेस्ट कप्तानी गर्दा ११ खेलमा जित र ८ खेलमा हार बेहोरेका छन् । चार खेल बराबरीमा सकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top