हस्तकलाको व्यापार सम्बन्धित करका समस्यालाई सरकारले समाधान गर्ने

३ मंसिर, काठमाडाैँ ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताएका हुन्।

हस्तकलामा फेशन समावेश गर्न प्रधानमन्त्रीको सुझाव

Advertisement

उनले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने पनि बताए । उनले भने – ‘नेपालमा यस्तै महत्वपूर्ण उपलब्धीहरु हुन सक्छन् । हामीले हस्तकलालाई अझ विकास गर्न सक्यौ, कहिलेकाहीँ के हुन्छ भने आधुनिक फेशनसँग मिल्नेपनि बनाउनुपर्ने हुन्छ । त्यसकारण त्यस्तै किसिमका कपडाहरु, फेशनसँग म्याच खाने कपडाहरु बनाउन सक्नुभयो भने त्यसले आकर्षण बढ्नेछ भने त्यस्तै कलापनि नेपाल भरी नै वृद्धि हुन सक्छ । एयरपोर्टहरुमा, यस्तो ठाउँमा राख्नसक्नुभए राम्रो हुनेछ । यसको लागि ट्याक्ससम्बन्धी समस्याहरु छन्, त्यसलाई हामी निराकरण गर्दै सहजीकरण गर्ने विश्वास दिलाउछौँ ।’

प्रधानमन्त्री देउवाले हस्ताकलाको मौलिक सिप नयाँ पुस्तामा हस्तान्तरणका लागि तालिम दिनुपर्ने आवश्यकता रहेको बताए ।

Advertisement

हस्तकलाले नेपालको पहिचान बढाउँदै

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताए । उनले भने – ‘नेपाली हस्तकला व्यवसायीहरुले स्थानीय स्रोत, साधनको प्रयोगगरी स–साना औजारले नेपालको कला, संस्कृति, जीवनशैली झल्किने ढुंगा र धातुका मुर्तिहरु, काष्ठबाट बनेका विभिन्न काष्ठकलाहरु, तामाङ सभ्यताका थान्का चित्रहरु, मिथिला सभ्यताका चित्रहरु, पश्मिना, गलैँचा, ढाका कपडाका विभिन्न सामानहरुको उत्पादन तथा निर्माण गरी विदेशमा निर्यात व्यापार गरी देशको चिनारी र प्रचारको साथै विदेशी मुद्रा देशभित्र भित्राउन सफल भएको छ ।’

नेपालका हस्तकला ८० देशमा निर्यात

मन्त्री आलेले वार्षिक ६ अर्ब रुपैयाँ बराबरको मुल्यका हस्तकला विश्वका ८० देशमा निर्यात भएको बताए । आन्तरिक बजारमा २ अर्ब रुपैयाँ बराबरको कारोबार गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब ७ लाखको संख्यामा रोजगारी सिर्जना भएको उनले जानकारी दिए। १८ औँ हस्तकला व्यापार मेला आगामी ५ गते सम्म चल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top