११ जना अफगानीलाई युएनएचसीआरको जिम्मा लगाउने निर्णय

३ मंसिर, काठमाडौं ।

गृह मन्त्रालयले अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी शरणार्थीलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको बताए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । अध्यागमनको हिरासतमा रहेका ११ मध्ये एकै परिवारका पाँच जनालाई गृहले यसअघि निस्कासन गरे पनि मेक्सिको अध्यागमनले उनीहरुलाई फिर्ता गरिदिएको थियो।

स्रोतका अनुसार जुन देशबाट भिसा जारी भएको हो, त्यहीँबाट आउनु पर्नेभन्दै मेक्सिकोले उनीहरुलाई फिर्ता पठाएको थियो । त्यसपछि विभागले कुनै निर्णय गर्न सकेको थिएन ।

अब यूएनएचसीआरले उनीहरुलाई ‘अर्वन रिफ्यूजी’ को प्रमाण पत्र दिनेछ, त्यो कागज तयार भएपछि प्रहरीले उनीहरुलाई फेरि पक्राउ गर्न पाउने छैन ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top