सडकको दुरवस्थाले सास्ती

२४ साउन ७५, बिहीबार
Share this
748shares

संखुवासभा, साउन २४
चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको घुम्ती, डाँगीगाउँ, सवकचोक, पोखरीबजारलगायतका ठाउँमा गहिरा खाल्डा तथा हिलोका कारण सवारी सञ्चालनमा समस्या भएको हो ।

Advertisement

नगरपालिकाको सडक कालोपत्रे गर्ने योजनाअनुरूप उन्नति संस्थाले सडक निर्माणको जिम्मा लिएर सडक सम्याउने, भित्तामा नाली र पानी धेरै बग्ने खोल्सीमा हिममपाइप बिच्छ्याउने काम गरे पनि भित्तामा निर्माण गरिएको नाली माथिबाट झरेका ढिस्काका कारण सवारी साधन सञ्चालन हुन नसकेकाले यात्रु पैदलै गन्तब्यसम्म जान बाध्य भएका छन् ।

उता मादीको राम मन्दिर–ओखरबोटे सडक कालोपत्रेका लागि पहिले बनाइएका नाली बिगारेकाले सडक हिलाम्ये र चिप्लो भइ सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक कालोपत्रे तथा पुल निर्माणको काम भइसकेपछि पनि यात्रु तथा सवारी चालकले हिलो र धुलोको समस्या व्यहोर्नु परेको स्थानीयवासी गोपाल ढुंगानाले बताए ।

Advertisement

दश किलोमिटर लम्बाइको सडक कालोपत्रे दुई वर्ष्भित्र सम्पन्न गर्ने गरी मादी नगरपालिकाले बज्रगुरु कन्ट्रक्सनलाई ठेक्का दिएको प्रशासकीय अधिकृत प्रकाश मगरले जानकारी दिए ।
(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top