लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु

५ मंसिर ७८, सोमबार

६ मंसिर, एजेन्सी ।

Advertisement

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेको बताएको छ।

आईओएमले ट्वीट गर्दै भनेको छ, “लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डुबेका छन् भने जीवित १५ जनालाई माछा मार्ने व्यक्तिहरूले समुद्रमा डुबेर उद्दार गरेका छन् ।“

Advertisement

“यो पछिल्लो त्रासदीले यस वर्ष मध्य भूमध्यसागरमा ज्यान गुमाउनेको संख्या १,३०० भन्दा बढी पुगेको छ,” आईओएमले भन्यो।लिबियाले २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतन पछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ।

जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दु पनि बनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top