७ मंसिर, काठमाडौं।
नेकपा (एमाले) को १० औं महाधिवेशनका प्रतिनिधि संख्या बढेर २ हजार ३ सय २७ पुग्ने भएका छन्।
यसअघि एमालेले महाधिवेशन प्रतिनिधि १ हजार ९ सय ९९ जना हुने जनाएको थियो । यो बीचका करिब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। तामाङका अनुसार एमालेका संगठित सदस्य ८ लाख ५५ हजार ४ सय ५३ पुगेका छन्।
हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना छ । निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ रहेकाे सचिव योगेश भट्टराईले जानकारी दिए।
त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ । त्यस्तै कूल सदस्यको ५ प्रतिशत मनोनित गर्दा १ सय ३ जना गरी महाधिवेशन हुने छन्।