×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

श्रममन्त्री ठग खोज्न जब होटल पुगे…

८ मंसिर २०७८

८ मंसिर, काठमाडौँ ।
कुनैपनि एक विभागिय मन्त्रीले सामान्य चासो सम्म राखिदिदा पीडित ब्यक्ति कति ठूलो समस्याबाट सहजै बाहिर निस्कन सक्छ भन्ने उदाहरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले देखाइदिएका छन् । विभागिय मन्त्रीले चासो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगीबाट जोगिएका छन् ।

भाषा परीक्षा उत्र्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन् । बैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेण्टबाट भोग्नुपरेका समस्याका बारेमा संञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे यस अघिका मन्त्रीहरु स्वयम्ले चासो देखाउने गरेका थिएनन् । तर मन्त्री श्रेष्ठ भने कोरिया पठाउदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफै होटल पुगेका थिए ।

Advertisement
Advertisement

मंगलबार रातीको यो घट्ना भने यस्तो थियो । मन्त्रीको मोबाईलमा एउटा सुचना आउँछ् ।उनी त्यही सुचनाका आधारमा सुरक्षाकर्मी, श्रम विभागका अधिकारी सहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुग्छन् । त्याहा बुधवार साँझ कोरिया उड्न लागेका दजनौँ युवाहरुलाई अनिवार्य सातदिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जर्बजस्त राखिएको उनले फेला पार्दछन् । सो क्रममा पीडित युवाहरुले आफुहरुलाई एजेण्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसंग गरेका छन् ।

पीडितहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न तत्काल निर्देशन दिएका थिए । सो क्रममा मन्त्री श्रेष्ठले भने – ‘म पैसा कमाउन मन्त्री भएको मान्छे होइन, केही गर्न मन्त्री भएको मान्छे । जो जो सँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस् । अब तपाईँलाई मर्का प¥यो होला, कसले एग्रिमेन्ट ग¥यो ऊ सँग माग्नुस् । यो भाइबैनीहरुसँग माग्ने होइन ।’

वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानविन हुने र भविश्यमा यस्ता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आवश्वासन उनले दिएका छन् । उनले उनीहरु उड्ने बेलामा आफू एयरपोर्ट आउँने भन्दै त्यहाँ एकजना भाईले पनि कम्प्लेन ग¥यो भने सिधै थुन्ने चेतावनी दिए ।

पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सुचना पु¥याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सुचनाको आधारमा मन्त्री आफै आएर समस्या सल्ट्याइदिएकोमा खुशी व्यक्त गरे ।

उनले सरकारी संयन्त्रमा भएका सबैले मन्त्री श्रेष्ठले जसरी कर्तव्य निर्वाह गरे नागरिकले दुःख, कष्ट भोग्नु नपर्ने बताए । भाषा परीक्षा पास गरेका युवाहरु बुधवार साँझ कोरिया प्रस्थान गर्दैछन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top