स्थायी कमिटीको निर्णयमा भीम रावलको फरक मत

८ मंसिर, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन् । महाधिवेशनको संघारमा उपाध्यक्ष रावलले प्रतिनिधि चयनको विषयलाई लिएर फरक मत राखेका हुन् ।

कैलालीको क्षेत्र नम्बर २ मा स्वेच्छाचारी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै रावलले त्यसलाई बदर गरी पुनः प्रतिनिधि छनोटको माग गरेका थिए । तर आफ्नो प्रस्ताव अमान्य भएपछि उनले स्थायी कमिटी बैठकमा फरक मत लेखेका हुन् ।

कैलाली क्षेत्र नम्बर २ मा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको प्रतिनिधि छनोट पार्टी निर्णय र विधि अवलम्बन नगरी स्वेच्छाचारी किसिमको भएको रावलको दावी छ । प्रतिनिधि छनोट बदर गर्न माग गर्दै १२२३ जना पार्टी सदस्यले हस्ताक्षर गरी संगठन विभागमा निवेदन दिए पनि सुनुवाइ नभएको रावलले बताएका छन् ।

रावलले तीन दिनअघि पत्रकार सम्मेलन गरेर एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । मंगलबारकै बैठकमा आफ्नो मतको कुनै सुनुवाइ नभएको भन्दै फरक मत राखेर रावलले उम्मेदवारी फिर्ता नलिने स्पष्ट संकेत गरेका छन् ।

यस्तो छ रावलको फरक मत

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top