झन् कसिलो बन्दै काँग्रेसका गुट

८ मंसिर ७८, बिहीबार

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्।

पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित भएका छन्।

पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहको झुकाव केन्द्रमा सभापति देउवातिर देखिएको छ। स्थानीय स्तरमा भने यो समूहले आफ्नो अनुकूलतामा देउवा वा इतर पक्षसँग तालमेल गर्दै आएको छ। पार्टीको नयाँ नेतृत्व छनोटका लागि वडा हुँदै गाउँपालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन जारी रहँदा विद्यमान गुट थप कसिलो बन्न पुगेका छन्।, याे समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top