×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

एमाले महाधिवेशन : नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

९ मंसिर २०७८

९ मंसिर, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ । विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले बताए ।

Advertisement
Advertisement

साँघुरो र उकालो/ओरालो सडक रहेको दाउन्नेमा मालबाहक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाएको प्रजिअ पंगेनीले बताए ।

सो खण्डमा जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै चितवन जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ । “दाउन्ने सडकको अवस्थाका कारण मालबाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ” प्रजिअ पंगेनीले भने, “बुटवल हुँदै काठमाडौँ जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।”

अन्य निजी गाडीलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको प्रजिअ पंगेनीले बताए । पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइने छ । आवतजावतमा थप सहजता ल्याउन चारवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको प्रजिअ पंगेनीले बताए ।

एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी किनारमा भोलि शुक्रबार हुँदैछ । उद्घाटन कार्यक्रममा एमालेले ५ लाख मानिस उतार्ने गरी तयारी भइरहेको जनाएको छ ।

नारायणगढ–बुटवल सडक मर्मत गर्न निर्देशन

विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड तत्काल मर्मत गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै सडक मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको हो । यो खण्डका केही स्थानमा सडक मर्मत गर्नुपर्ने अवस्था देखिएकाले तुरुन्त मर्मत गर्न निर्देशन दिएको उनले बताए ।

“नारायणगढ–बुटवल सडकखण्डको धेरै स्थानमा सडक मर्मत भएका छन्, अझै केही स्थानमा मर्मत गर्नुपर्ने अवस्था छ” प्रजिअ पंगेनीले भने, “महाधिवेशनमा सहभागी हुन पश्चिमका जिल्लाबाट धेरै सवारीसाधन आउने जानकारी आएको छ । बिग्रेको सडकमा जाम हुने भएकाले निर्माण कम्पनीलाई तुरुन्त मर्मत गर्न निर्देशन दिएको छु ।”

पूर्व–पश्चिम राजमार्गको खण्ड १ मा भत्किएको सडक दसैँ अगाडि नै मर्मतको काम सक्नका लागि नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले पटक–पटक पत्राचार गरेको थियो । नेपाली पक्षले पत्राचार गरे पनि निर्माण कम्पनीले अटेरी गर्दै आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए।

दसैँ अगाडि गैँडाकोट, देवचुली र कावासोतीको केही स्थानमा मात्रै सडक मर्मत भएको भन्दै उहाँले दाउन्ने खण्डमा पूरै सडक मर्मत गर्नुपर्ने अवस्था रहेको बताए । सडक भत्किएको स्थानमा उड्ने धुलोका कारण स्थानीयवासी आजित भइसकेका छन् । सडक भत्किएको स्थानमा पानी छरेर धुलो नियन्त्रण गर्न आग्रह गर्दा समेत कम्पनीले अटेरी गर्दै आइरहेको सहायक प्रजिअ थापाको भनाइ छ ।

राजमार्गमा पुल निर्माणको डाइभर्सन निर्माण गरिएको स्थान बाहेक अन्य क्षेत्रमा बिग्रिएको सडक मर्मत गर्दै डाइभर्सनमा पानी छर्केर धुलो उड्न नदिने निर्माण पक्षले प्रतिबद्धता जनाएको भए पनि काम भने गर्न सकेको छैन ।

नारायणगढ बुटवल खण्डको झण्डै ११४ किलोमिटर सडकलाई चार लेनमा विस्तारको काम भइरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडक खण्ड १ मा अन्तर्गत पर्ने र यो सडकको सबैभन्दा बढी दुरावस्था यही खण्डमा रहेको छ । नारायणगढ बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले निर्माण कम्पनीलाई बिग्रिएको सडक चाँडो मर्मत गर्दै सडक विस्तारमा ध्यान केन्द्रित हुन आग्रह गरिएको बताए ।

Advertisement

कछुवाको गतिमा सडक विस्तारको काम भइरहेको यो खण्डको आर्थिक प्रगति करिब ९ प्रतिशत मात्रै देखिएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको सडक विस्तारको काम विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top