राष्ट्रिय गान नगाई नखुल्ने एक मात्र नगरपालिका

९ मंसिर, काठमाडाैँ ।

यो कुनै विद्यालय होइन अनि यहाँ कोही विद्यार्थी राष्ट्रिय गान गाइरहेका छैनन् । यो त कीर्तिपुर नगरपालिकाले कार्यालय हो । अनि देखिएका ब्यक्तिहरु नगरपालिकाका कर्मचारी र जनप्रतिनिधी हुन् । कीर्तिपुर नगरपालिकाले संभवत नेपालमै पहिलो पटक कार्यालय समय शुरु हुनु भन्दा पहिले राष्ट्रिय गानगाउने नियमको शुरुवात गरेको छ ।

कर्मचारीहरुलाई राखेर कार्यालय समय शुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने नियम शुरुवात गरेको हो । हरेक दिन कार्यालय समय शुरु हुनुपूर्व नेपाली र नेवारी राष्ट्रिय गान गाएर मात्रै काममा लाग्ने नियम बनाएर नगरपालिका अघि बढेको हो ।

 

राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरुमा एक किसिमको जागरुकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले बताए । उनले राष्ट्रिय गानसहित प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरु पनि भन्ने गरेको बताए ।

नगरप्रमुख महर्जनले भने, ‘कीर्तिपुर नगरपालिकाले हामी जननिर्वाचित भएर आएपछि करिव साढे ४ वर्षपछि विगतका केही दिनदेखि सम्पूर्ण कर्मचारीहरुलाई समयमै उपस्थित गराएर राष्ट्रिय गानको शुरुवात गरेका छौँ, त्यो राष्ट्रिय गानको सँगै प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरु पनि भन्ने शुरु गरेको छ, त्यसले गर्दा सम्भवतः हाम्रा कर्मचारीहरुमा एक खालको जागरुक पना, सचेतना आएको छ र पहिला जस्तो कर्मचारीहरु ढिलो आउने समस्या पनि मुक्त भएको छ ।’

नगरप्रमुख महर्जनले यस किसिमको कार्यक्रमले कर्मचारीहरुमा सचेतना बढेको र समय भन्दा ढिलो आउने समस्या हल भएको पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top