यसरी हुँदैछ आज एमाले महाधिवेशन उद्घाटन

९ मंसिर ७८, शुक्रबार

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ।

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले बिहीबार पत्रकार भेटघाटमा भने, ‘नारायणी नदी किनारमा शुक्रबार मानव सागर उर्लनेछ ।’ उनका अनुसार महाधिवेशन उद्घाटनअघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्‍याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भ गरेर ल्याएको छ।

भरतपुर बजार क्षेत्रमा सडकका डिभाइडरमा पनि झन्डा टाँगिएका छन्। बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ। होटलमा चहलपहल बढेको छ। महाधिवेशनमा सहभागी हुन आएका नेता–कार्यकर्ताको चापका कारण सवारी व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।

सुरक्षा व्यवस्था कडा पारेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए। साबिकभन्दा थप सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै उनले भने, ‘अत्यावश्यकबाहेकका मुग्लिनतर्फबाट आउने सवारीसाधन आँपटारीमा र पश्चिमबाट आउने नारायणी पुलपारि रोकिनेछन्’, उनले भने।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापासहित अन्य दलका नेता आउने एमालेले जनाएको छ।

महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई भने निम्तो नदिइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए। उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाइएको तर आउनेनआउने निश्चित नभएको बताए।

उद्घाटन स्थलमा करिब पाँच सय जना अट्ने मञ्च तयार गरिएको छ। निकै आकर्षक रूपमा सिंगारिएको मञ्चको तस्बिर खिच्न बिहीबार बिहानैदेखि एमाले नेता–कार्यकर्ताको घुइँचो लागेको छ। मञ्चमा हुने गतिविधि हेर्न मिल्नेगरी उद्घाटन स्थल नारायणी किनार आसपास डिस्प्ले बोर्ड राखिएका छन्।

सबैजनाले उद्घाटन स्थलमा पुगेर कार्यक्रम हेर्न नसक्ने भएकाले गैंडाकोट र नारायणगढ बजारका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर उद्घाटन सत्रका कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको भट्टराईले बताए। उद्घाटन स्थलमा सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ। उद्घाटन स्थलमा पाँच हजार स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ। उनीहरू सडक र मञ्च आसपास आवश्यक व्यवस्थापनमा खटिनेछन्।

महाधिवेशन बन्द सत्रमा मनोनीत एक सय ६ सहित दुई हजार एक सय ७५ जनाप्रतिनिधि सहभागी हुनेछन्। एक सय तीनजना पर्यवेक्षक पनि सहभागी हुनेछन्। महाधिवेशनमा विभिन्न देशका प्रतिनिधि पनि आउनेछन्। सफलताको कामनासहित चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आइसकेको भट्टराईले बताए।

‘महाधिवेशनमा सहभागी हुने प्रतिनिधि र पर्यवेक्षकका लागि दुई साताअघि नै तीन हजार पाँच सय बेड रिजर्भ गरेका छौं’,आवास संयोजक कृष्णभक्त पोखरेलले भने। सबै तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले महाधिवेशनमा सहभागीलाई आवासको कुनै समस्या नहुने बताए।

बन्द सत्रका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको र अन्य प्राविधिक काम ९० प्रतिशतभन्दा बढी सकिएको उनले बताए। ‘बिहीबारदेखि नै हामीले शीर्ष नेताहरूलाई होटल व्यवस्थापन गरेका छौं’, उनले भने। प्रतिनिधिहरूका लागि भने शुक्रबारदेखि मात्रै आवासको व्यवस्था गरिएको छ।

बन्द सत्र शनिबार बिहान ८ः३० बजे सुरु हुने उनले बताए। बन्द सत्रमा पनि अध्यक्ष ओली र केही विदेशी पाहुनाले स्वागत सम्बोधन गर्ने तय भएको छ। शनिबार साँझ ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भट्टराईले बताए। उनले महाधिवेशनपछि एमालेले पार्टीलाई स्थानीय, प्रदेश र संघीय चुनावमा केन्द्रित गराउने बताए।, यो समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top