१० मंसिर, चितवन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय गरिएको थियो ।
तर उक्त कार्यक्रम सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्षले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम थियो तर सुरक्षाका कारण स्थगित गरिएको छ।’