ठूलो संख्यामा प्रहरीमा जागिर खुल्यो

१० मंसिर, काठमाडौँ ।

Advertisement

नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरीले लोकसेवाको सहमतिमा शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ/बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो । जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ ।

Advertisement

प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइ/बुनाइ र हजाममा १०/१० सिट छुट्याइएको छ । फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top