एमाले केन्द्रीय कमिटी संख्या ३०१ पुर्‍याइयो, दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

Share this
724shares

११ मंसिर, काठमाडौं।

Advertisement

सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेकपा एमालेले पदाधिकारी संख्या थप गरेको छ ।

केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय गरेको छ ।

Advertisement

आज भएका निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेस गरिने भट्टराईले जानकारी दिए। एमालेल अनुशासन आयोग र लेखा आयोगलाई २५–२५ सदस्यीय बनाएको छ ।

बैठकले स्थायी कमिटीबाट मनोनीत गरिएका महाधिवेशन प्रतिनिधिलाई अनुमोदन गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top