एमाले महाधिवेशनको बन्दसत्र : अन्तिम नामावली साँझ ५ बजेसम्म

११ मंसिर, चितवन ।

शुक्रवार नारायणी किनारमा उद्घाटन गरेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र अबको केही समय पछि पर्यटकीय नगरी सौराहामा सुरु हुँदैछ । बन्द सत्रमा सम्बोधन, समसामयिक राजनीतिक प्रस्ताव पेस र पारित भएसँगै निर्वाचन प्रक्रिया सुरु हुनेछ । निर्वाचन सञ्चालनका लागि बन्द सत्रबाटै ‘निर्वाचन आयोग’ गठन हुनेछ ।

बन्द सत्र समाप्त भएपछि त्यस लगत्तै निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन पत्र दर्ता, दाबी/विरोध र अन्तिम नामावली प्रकाशनलगायतका काम साँझ ५ बजेसम्म सम्पन्न भइसक्नेछन् ।

मनोनयन र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने काम अपराह्न पाँच बजेसम्म सम्पन्न भएपछि विद्युतीय मतपेटिकामा उम्मेदवारहरूको नाम समावेश गर्ने काम साँझदेखि नै सुरु हुनेछ । प्राविधिकहरूले विद्युतीय मतपेटिकामा सम्पूर्ण उम्मेदवार सम्बन्धी डेटा इन्ट्री गर्न ६ देखि ८ घण्टा समय लाग्ने बताएका छन् ।

आज रातभर इन्ट्रीको काम सम्पन्न गरेपछि १२ गते बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको छ । १२ मङ्सिरको बिहान ८ बजेदेखि सुरु हुने मतदान प्रक्रिया बेलुकी ५ बजेसम्म चल्ने । मतदानका लागि एक जना मतदातालाई करिब २५ मिनेट समय लाग्ने आकलनका आधारमा ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

विद्युतीय मतदानको लागि १०० वटा मेसिन प्रयोगमा ल्याइँदै छ । एमालेले पदाधिकारीका सर्वसम्मत गर्ने र केन्द्रीय सदस्यमा मात्र निर्वाचन गर्ने गरी तयारी गरेको छ । पार्टीका शीर्ष नेताहरूलाई पदाधिकारीमा व्यवस्थापन गर्ने गरी शुक्रवार राति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको आकार बढाएको छ ।

यसअघि २२५ सदस्यीय कमिटी रहेकोमा त्यसलाई बढाएर ३०१ सदस्यीय बनाइएको छ । शुक्रवार केन्द्रीय कमिटीले गरेको निर्णय बन्द सत्रबाट पास गरिने छ । बैठकले ९९ सदस्सीय पोलिटव्यूरो, स्थायी समिति ४५ सदस्यीय बनाउने निर्णय गरेको छ । एक वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष ७ जना र उपमहासचिव तीन जना रहनेछन् ।

कुल पदाधिकारी १५ बाट बढाएर १९ पु¥याइएको छ । यस्तै एमालेको सचिवालय १९ सदस्यीय हुने भएको छ । हाल पदाधिकारीमध्येबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था रहेको थियो । नेकपा एमालेले पार्टीको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई सच्याएको छ । पाटीभित्रको विभिन्न आयोगहरू २५ सदस्यीय बनाउनेसमेत बैठकले निर्णय गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top