एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा

११ मंसिर, सौराहा।

नेकपा एमालेको जारी दशौँ राष्ट्रिय सौराहा । नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् ।

बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरू आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा सुरु हुन लागेको बन्द सत्रका प्रतिनिधिहरूले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् ।

उनीहरूले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनैपर्छ भन्दै नारा लगाइरहेका छन् । महाधिवेशनको बन्द सत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्द सत्रमा पेस गर्ने निर्णय गरेको थियो ।

गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनमा पारित विधान अहिले नै परिमार्जन गरिँदा सहमतिका लागि सहज हुने भए पनि छिटो छिटो निर्णय परिवर्तन हुने स्थिति आएको टिप्पणी पनि कार्यकर्ताबिचमा सुनिएको छ । तर, सङ्कटपूर्ण अवस्थामा पार्टीको नेतृत्व तहमा उच्चस्तरको एकता, सहमति र उच्च लोकतान्त्रिक अभ्यासका लागि उक्त प्रस्तावलाई अन्यथा मान्न नमिल्ने पनि तर्क प्रतिनिधिको रहेको देखिन्छ ।

बन्दसत्रस्थलमा चितवनको चिनारी चिनाउने र स्थानीय उत्पादन तथा विभिन्न मार्क्सवादी पुस्तकका कक्ष राखिएका छन् । प्रतिनिधिको स्वास्थ्य व्यवस्थापनका लागि पार्टीको स्वास्थ्य समितिले निःशुल्क शिविर खडा गरेको छ । प्रतिनिधिका लागि बाँकी परिचयपत्र वितरण कार्य अहिले पनि भइरहेको छ । मनोनितमध्ये कतिपय प्रतिनिधिका परिचयपत्र बन्दै गरेको जनाइएको छ ।

बन्दसत्रस्थलमा अहिले प्रवेशका लागि कडाइ गरिएको छ । बन्द सत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने पार्टीले करिब ५०० स्वयंसेवक परिचालन गरेको छ । सो स्थलमा काल मार्क्सको मूर्ति, जननेता मदनकुमार भण्डारी, तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूको तस्बिर सजाइएको छ ।

पार्टीको केन्द्रीय प्रचार कमिटीले बन्दसत्रस्थल नजिकैको होटेल रोयल सफारीमा मिडिया सेन्टर सञ्चालन गरेको छ भने प्रेस चौतारी नेपाल, चितवन शाखाले सो स्थलमा सञ्चारकर्मीका लागि सहायता कक्षा खडा गरेको छ ।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको जनाए । उनले पार्टीमा एकताका लागि गरिएको १० बुँदे सहमति महाधिवेशनका प्रतिनिधिकै बिचमा रहेको प्रतिक्रिया दिए ।

सहमतिका नाममा प्रतिनिधिको मताधिकार गर्ने अधिकार कुण्ठित गर्ने त होइन भन्ने प्रश्नमा एमाले केन्द्रीय सदस्य सूर्य थापाले केन्द्रीय कमिटीको सङ्ख्या वृद्धि भएकाले अनुभवी नेतृत्व र नयाँ साथीहरू समेटिने गरी नेतृत्व चयन हुने बताए ।

पार्टीका प्रतिनिधि र पर्यवेक्षक नेता कार्यकर्ताका प्रतिक्रिया सञ्चारमाध्यममा छाइरहेका छन् । उनीहरूले पनि मुलुकको विषम स्थितिमा पार्टी एकताबद्ध हुनुपर्ने र सहमतिमा नेतृत्व हुनुपर्ने धारणा दिइरहेका छन् ।

सहमतिमा नेतृत्व हुने तयारी भएपछि विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्ने नेताहरूले प्रचार कार्यलाई स्थगन गरेका छन् ।

बन्द सत्र सुरु हुनुअघि एमाले नेताहरू छलफलमा जुटेका छन् । आज बिहान १० बजे हुने भनिएको बन्द सत्र सहमतिको प्रयास जारीका कारण १२ बजेपछिमात्र सुरु हुने बताइएको छ । बन्द सत्रमा विदेशी पाहुना प्रतिनिधिले पनि शुभकामना दिने कार्यक्रम छ । सौराहाको होटेल सेभेन स्टारमा निर्मित हलमा बन्द सत्र हुने तयारी छ । सहमति नभए निर्वाचन गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ ।

अहिले सौराहाका सबै होटेल महाधिवेशनका प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र सुरक्षाकर्मीले भरिभराउ छन् भने सडक र चोक वरपर सवारी साधन र मानिसको बाक्लो उपस्थिति देखिन्छ । सौराहा चोकबाट सौराहा बजार आउन जान शुक्रवार साँझदेखि अहिलेसम्म पनि सवारी जामको स्थिति हुँदा व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई धौधौ परेको छ ।

एमाले महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा शुक्रवार भएको थियो । रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top