सहमतिमै नेतृत्व चयन हुन्छ: अध्यक्ष ओली

सहमतिमै नेतृत्व चयन हुन्छ: अध्यक्ष ओली

११ मंसिर, चितवन ।

नेकपा एमालेको जारी १० औँ महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने भएको छ । नेतृत्व चयनका लागि सबै सहमति भइसकेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन्।

सौराहास्थित बन्द सत्र हलभित्र छिर्ने क्रममा पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिनुहुँदै उहाँले सहमति भइसकेको दाबी गरे । बन्द सत्र हलभित्र प्रवेश गर्नुअघि पत्रकारहरूले सहमतिको प्रयासबारे राखेको जिज्ञासामा ओलीले ‘अँ सबै भइसक्यो’ भन्ने प्रतिक्रिया दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.