११ मंसिर, चितवन ।
नेकपा एमालेको जारी १० औँ महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने भएको छ । नेतृत्व चयनका लागि सबै सहमति भइसकेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन्।
सौराहास्थित बन्द सत्र हलभित्र छिर्ने क्रममा पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिनुहुँदै उहाँले सहमति भइसकेको दाबी गरे । बन्द सत्र हलभित्र प्रवेश गर्नुअघि पत्रकारहरूले सहमतिको प्रयासबारे राखेको जिज्ञासामा ओलीले ‘अँ सबै भइसक्यो’ भन्ने प्रतिक्रिया दिएका थिए ।