एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

११ मंसिर २०७८, शनिबार
Share this
660shares

११ मंसिर, पोखरा।

Advertisement

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । शनिबार पार्टीको पोखरा महानगरपालिका समितिको दोस्रो अधिवेशन उद्घाटनमा बाेल्दै उनले यस्तो बताएका हुन् ।

नेता श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेस पनि परिमार्जन नगरी एमसीसी पास गर्ने पक्षमा नरहेको बताए । उनले भने, ‘नेपाली कांग्रेसले गठबन्धन नै तोडेर एमसीसी पास गर्छ जस्तो लाग्दैन । यदि त्यस्तो भएछ भने गठबन्धनका निम्ति राष्ट्रियतामा हाम्रो पार्टीले सम्झौता गर्दैन ।’

Advertisement

आगामी चुनावमा कुन पार्टीसँग गठबन्धन गर्ने भन्नेबारे पार्टीमा निर्णय नभइसकेको उनले बताएका छन् । राष्ट्रिय सम्मेलन संगठन सुदृढीकरणको अभियान सँगै संगठन रुपान्तरणको पनि अभियान भएको उनले बताएका छन् ।

अहिलेको अधिवेशन पार्टी रुपान्तरणको एउटा अङ्ग बन्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘संगठन सुदृढीकरण मात्रै ठान्यौं भन्ने कांग्रेस र एमाले जस्तो हुन्छ । संगठन बन्छ, चुनाव हुन्छ, नेता हुन्छन् त्यसले संगठन सक्रिय जस्तो देखिन्छ तर क्रान्तिकारी रङ्ग त्यसमा देखिँदैन ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top