‘जदौ’ दाहाल यज्ञनिधिको निधन

‘जदौ’ दाहाल यज्ञनिधिको निधन

विराटनगर,साउन २६
साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको निधन भएको छ । फेरिएको मृर्गाैलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहाल बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका थिए ।

नियमित डाइलसिसमा जान खाना खाइसकेर थाल धारामा राखेर फर्किदै गर्दा दाहाल लडेका थिए । बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गाैलारोग उपचार केन्द्रमा पुगेका दाहाललाई त्यहाँ समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको थियो ।

न्यूरो अस्पतालको आइसियुमा राखेर दुई दिन उपचार गरिएपछि शुक्रबार उनलाई सुमेरु अस्पताल रिफर गरिएको थियो त्यहाँ शुक्रबार साँझ दाहालको निधन भएको हो । सञ्चारकर्मी दाहाल नेपाली रेडियो उद्घोषणमा प्रिय मानिन्थे ।

रेडियो नेपाल, एचबिसी एफएममा लामो समय बिताएका दाहाल पछिल्ला दिनमा रेडियो अन्नपूर्णमा कार्यरत थिए । ६५ वर्षीय दाहाल मण्डिखाटारस्थित घरमा आमा र श्रीमतीसँग बस्दै आएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.