यात्रा प्रतिबन्ध लगाउने कदम गलतः अफ्रिकी राष्ट्रपति

१२ मंसिर ७८, सोमबार

१३ मंसिर, एजेन्सी ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोभिड–१९ को ओमिक्रोन भेरियन्टका कारण यात्रामाथि लगाएको प्रतिबन्धको निन्दा गरेका छन् ।

राष्ट्रपति रामापोसाले आफ्नो मुलुक र आफ्ना छिमेकीमाथि लगाइएको यात्रा प्रतिबन्धको आलोचना गरेका हुन् । उनले यात्रा प्रतिबन्ध लगाउने विभिन्न मुलुकको कदम गलत भन्दै तत्काल हटाउन समेत आग्रह गरेका छन् ।

‘हाम्रो मुलुक र हाम्रा दक्षिण अफ्रिकी छिमेकीहरूमाथि यात्रा प्रतिबन्ध लगाएका मुलुकलाई तत्काल आफ्नो निर्णय फिर्ता लिन आह्वान गर्न चाहन्छु’, ओमिक्रोन पत्ता लागेपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्दै रामापोसाले भने ।

यात्रा प्रतिबन्ध वैज्ञानिक रुपमा अनुचित र विभेदकारी भएको पनि उनको भनाइ थियो । यसअघि दक्षिण अफ्रिकाको विदेशमन्त्रालयले नयाँ भेरियन्ट पत्ता लगाएकोमा प्रशंसा गर्नुको साटो आफूहरूलाई दण्डित गरिएको बताएको थियो ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेपछि अमेरिका, बेलायत र युरोपेली युनियनसहितका कैयौं मुलुकले दक्षिण अफ्रिकी मुलुकबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर हतारमा यात्रा प्रतिबन्ध लगाउँदा जोखिम र वैज्ञानिक आधार हेर्नुपर्ने समेत संगठनको भनाइ छ ।

प्रारम्भिक प्रमाणअनुसार ओमिक्रोनको उत्परिवर्तन क्षमता धेरै रहेको र संक्रमणको जोखिम उच्च रहेको देखिन्छ । तर विद्यमान खोपलाई नयाँ भेरियन्टले छल्न सक्ने वा नसक्ने भनेर पुष्टि हुन भने बाँकी छ ।

हालसम्म ओमिक्रोन बेलायत, जर्मनी, अष्ट्रेलियासहित झण्डै एक दर्जन मुलुकमा फैलिइसकेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top