ओलीनिकट विशाल भट्टराई केन्द्रीय कमिटीको सूचीमा अटाएनन्

१२ मंसिर ७८, सोमबार

१३ मंसिर, चितवन ।
एमाले निवर्तमान अध्यक्ष केपी ओलीले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई केन्द्रीय कमिटीमा अटाएनन् ।

ओलीनिकट भनेर चिनिएका भट्टराई दशौँ महाधिवेशनमा ओलीको कोटामा नपर्नुलाई आश्चर्यको रूपमा हेरिएको छ । भट्टराई नवौँ महाधिवेशनमा ओलीको टिमबाट वैकल्पिक केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।

त्यसैगरी, एमाले र माओवादी केन्द्रको एकीकरण कालमा भट्टराई केन्द्रीय सदस्य बनेका थिए । नेकपा विवादको बेलामा विभाजन रोक्न मध्यस्थताको भूमिका खेल्ने २२ जना सांसदमा भट्टराई पनि पर्दथे ।

नेकपा विभाजनपछि पुर्नगठन भएको मन्त्रिपरिषदमा भट्टराईले मन्त्रीको आशा गरेका थिए । ओलीले त्यतिबेला मन्त्री नबनाएर उनलाई संसदीय दलको प्रमुख सचेतक बनाएका थिए । दशौँ महाधिवेशनको बन्दसत्रले एमाले विभाजनपछि कायम रहेका १९८ केन्द्रीय सदस्यलाई कायम राखेर ३०१ सदस्यीय पुर्‍याउने सहमति जुटाएको थियो ।

१९८ सदस्यभित्र पर्ने भट्टराईलाई छुटाएका ओलीले प्रदेशमा काम गर्न आग्रह गरेको नेता भट्टराईले बताए । अध्यक्ष ओलीले भट्टराईलाई प्रदेश १ को अध्यक्ष बनाउने आश्वासन दिएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top