अमेरिकामा कोरोनाको पाँचौँ लहर आउन सक्छः डा. फौची

१३ मंसिर, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले अमेरिकामा कोरोनाभाइरसको पाँचौँ लहर देखा पर्न सक्ने चेतावनी दिएका छन् ।

वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले सीबीएस न्युजको फेस द नेसन कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टका कारण पाँचौँ लहरको सम्भावना रहेको बताएका हुन् ।

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यक्तिको संख्या धेरै भएको र बुस्टर डोज पनि लगाइरहेकाले त्यसको खतरालाई रोक्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । हामीकहाँ पाँचौँ लहर आउन सक्ने सम्भावना रहेको छ, अन्तर्वार्ताका क्रममा उनले भने, पाँचौँ लहर वा संक्रमण बढ्नेः नबढ्ने कुरा हामीले आउँदा केही हप्ता वा महिनामा कस्तो कदम चाल्छौँ भन्नेमा निर्भर रहन्छ ।

उनले अझै पनि ६ करोड २० लाख अमेरिकी नागरिकले खोप लगाउन बाँकी रहेको र उनीहरूलाई तत्काल खोपको व्यवस्था गरिनुपर्ने बताएका छन् । उनले खोप लगाइसकेकालाई बुस्टर डोज र ५–११ उमेरसमूहकालाई खोप अभियानमा तीव्रता दिएमा संक्रमणलाई न्यूनीकरण गर्न सकिने बताएका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट ७ लाख ७६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झन्डै ५ करोडलाई संक्रमण भइसकेको छ । डा. फौचीले विगतमा भएका राम्रा र नराम्रा कुराको मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।

विगतमा अमेरिकाले महामारी नियन्त्रणमा राजनीतिकरण गरेकै कारणले ठूलो मूल्य चुकाउनुपरेको पनि उनको भनाइ छ । दक्षिण अफ्रिकामा गत मंगलबार नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पुष्टि भएको थियो । उक्त भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नाम दिएको छ ।

अमेरिका, इजरायल, श्रीलंका, नेदरल्यान्ड्स र बेलायतले नयाँ भेरियन्ट देखिएका अफ्रिकी मुलुकसँगको हवाई सम्पर्कमा रोक लगाएका छन् । यसरी रोक लगाउने मुलुकको संख्या क्रमशस् बढ्दो छ ।

नेपालले पनि आइतबार अफ्रिकी मुलुकबाट आउने यात्रुको प्रवेशमा अर्को सूचना जारी नभएसम्म रोक लगाउने निर्णय गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top