ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, चितवन ।  एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए।

Advertisement

उनीहरूले सर्वसम्मतिमा केन्द्रीय सदस्यको नाम आउँदा आफूहरू पर्ने सोच बनाएका थिए। तर, केन्द्रीय सदस्यको सूचीमा नअटाएपछि उनीहरू अलमलमा परेका हुन्। एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ,बुद्धिकुमार राजभण्डारी, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा, कृपाशुर शेर्पा केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ जनाको केन्द्रीय सदस्य सूचीमा अट्न सकेनन्।

प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईलाई ओलीसहितका नेताहरूले प्रदेश अध्यक्ष बनाउन तयार भएको बताइएको छ। पदाधिकारीमा आकांक्षा देखाएका भट्टराईले उम्मेदवारी पनि दिएका छैनन्। नेताहरूसँगको कुराकानीपछि उनी प्रदेश अध्यक्ष बस्न तयार भएको एक नेताले बताए। उनी ओलीका समर्थक हुन्।

Advertisement

राजभण्डारी सोलुमा एमालेको चर्चित नेता हुन्। कांग्रेस नेता बलबहादुर केसीसँग प्रतिस्पर्धा गर्न सक्ने एक मात्र नेताका रूपमा उनी परिचित छन्। पाँचवटा महाधिवेशनमा लगातार उम्मेदवार भए पनि केन्द्रीय सदस्य हुनबाट उनी वञ्चित हुँदै आएका छन्।

शिव गुरुङ योगेश भट्टराईका समकालीन हुन्। लामो समय विद्यार्थी राजनीति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका उनी अझै केन्द्रीय कमिटीमा पर्न सकेका छैनन्। योगेन्द्र शाही एमाले वृत्तमा बौद्धिक नेताका रूपमा परिचित छन्। विदेश मामिलामा दखल राख्ने शाही विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। विकास लम्साल, धनञ्जय दवाडी, पदम गिरी एमाले वृत्तमा निकै जुझारु नेता मानिछन्न्।

Advertisement

उनीहरू पार्टी राजनीतिमा प्रखर युवा नेताका रूपमा परिचित छन्। स्याङ्जाका नारायण मरासिनी पनि ओलीको सूचीमा परेनन्। प्रेस चौतारीका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल पनि सूचीमा समेटिएनन्। उनीहरूले पार्टी राजनीतिमा प्रवेश गरेर विभिन्न विभागमा काम गर्दै आएका छन्।

विद्यार्थी आन्दोलनका चर्चित नेता टेकराज पछाई पनि सूचीमा छुटे। निर्माण बुढा, सुवास कर्माचार्य पनि केन्द्रीय सदस्यको सूचीमा अटाएनन्। चीनबाट हालै पिचडी गरेर आएका कल्याण रोका,युवराज खतिवडा पनि केन्द्रीय सदस्यको लाइनमा थिए। तर, उनीहरू पनि सूचीमा परेनन्। सुबोध प्याकुरेल,अरविन्द सिंह र उषाकिरण तिमिल्सिना पनि ओलीको सूचीमा नपर्दा उम्मेदवारी दर्ता गर्नुपर्ने स्थिति बन्यो।

निर्वाचन हुने अपेक्षाका साथ दसौं महाधिवेशनमा चितवन आइपुगेपछि एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका थिए। प्रदेशप्रदेशका प्रतिनिधिहरूमाझ उनीहरूले केन्द्रीय सदस्यका लागि लबिङ पनि गरिरहेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top