भक्तपुर कांग्रेस सभापतिमा पुनः दुर्लभ थापा

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, भक्तपुर ।
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन् ।

उनी कांग्रेसको संस्थापन समूहका हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न जिल्लाको निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन् । थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कवेले ४४२ मत प्राप्त गरे ।

उपसभापतिमा थापा समूहकै विजेश अवाल (५५९) र उर्मिला वन (५१४) निर्वाचित भए । सचिवमा सुशील बस्नेत (५५२) र राजेश खड्का (४८५) निर्वाचित भए । सहसचिवमा यादवप्रसाद अधिकारी (५७४) र कृष्णमुरारी न्यौपाने (५१४) विजयी भए ।

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुरथिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापामगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए ।

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कवे समूहका उमेशकुमार खड्का विजयी भए । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को कार्यसमिति सदस्यमा वीरबहादुर विश्वकर्मा निर्वाचित भए । भक्तपुर क्षेत्र नं २ को आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए ।

गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटि भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगन गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो । भक्तपुर क्षेत्र नं २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ ।

महासमिति सदस्य खुलामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top