एमाले महाधिवेशनः सकियो मतदान, तीन घन्टाभित्र परिणाम आउने

१४ मंसिर, सौराहा ।
नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान सकिएको छ।

Advertisement

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिले मत हालेका छन्।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।

Advertisement

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको छ। विद्युतीय मतदान भएकाले केहीघन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Advertisement

एमाले महाधिवेशनमा प्रयोग गरिएका भोटिङ मेसिन बनाएका राम-लक्ष्मण इनोभेसन्सका रामप्रसाद रिमालले मतदान सकिएको तीन घन्टाभित्र परिणाम सार्वजनिक हुने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top