कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, विराटनगर ।
कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो ।

तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउनु सान्दर्भिक हुने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार प्रदेश कार्यसमितिको निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, १७ गते ८ बजेदेखि ११ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने, १ बजेसम्म दाबी विरोध र साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ । मंसिर १८ गते विहान ८ बजेबाट मतदान हुनेछ ।

त्यस्तै, केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंसिर २४ गते १० बजे अन्तिम नामावली प्रकाशित गर्ने, २५ गते विहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने, मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गर्ने, मंसिर २६ गते १२ बजेसम्म दाबीविरोध उपर निर्णय गर्ने कार्यतालिका छ ।

त्यस्तै, मंसिर २६ गते दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार नामावली प्रकाशित गर्ने, ४ बजेसम्म मनोनयन फिर्ता लिने र बेलुकी ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

मंसिर २७ गते बिहान ८ बजेबाट केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ । प्रदेश महाधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १६ गते नै हुनेछ । त्यस्तै, केन्द्रीय महाधिवेशनको उद्घाटन पनि मं‌सिर २४ गते नै हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top