सर्वोच्चमा आजदेखि गोला प्रथा, ३७ दिनपछि न्यायाधीशहरु इजलासमा फर्किए

१५ मंसिर, काठमाडौं ।
सर्वोच्च अदालतले आजदेखि गोला प्रक्रियाबाट पेशी तोक्न शुरु गरेको छ ।

विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गरेकाछन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन भएको बताए ।

‘संशोधित नियमावली र नयाँ निर्देशिका अनुसार नै इजलास व्यवस्थापन हुने हो,’ ढकालले भने, ‘निर्देशिकामा भएको व्यवस्था अनुसार इजलास चयन हुन्छ । त्यसपछि मुद्दा तोकिन्छ ।’

बुधबारदेखि शुरु हुने नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा स्वेच्छाचारी भएको, सेटिङका आधारमा इजलास गठन र मुद्दा व्यवस्थापन गरेको आरोपमा बारले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न माग गरेको थियो ।

गत साउनमा न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदनमा पनि अल्पकालीन रुपमा गोलाप्रक्रिया र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रक्रिया अपनाउनुपर्ने सुझाव दिइएको थियो ।

प्रतिवेदनमा भनिएको थियो, ‘अदालतहरूमा पेसी तोक्ने सम्बन्धमा भइरहेको कानूनी व्यवस्थामा संशोधन गरी स्वचालित पेसी सूची प्रणाली लागू गर्नुपर्ने र स्वचालित पेसी सूची प्रणाली लागू नहुँदासम्म अदालतहरूमा गोलाप्रथा’द्वारा पेसी व्यवस्थापन गर्ने ।’

सर्वोच्च अदालतको पूर्ण बैठकले प्रतिवेदन स्विकृत गरेको थियो । त्यसक्रममा प्रधानन्यायाधीश जबराले गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।

अनि २०७८ साउन २४ गते सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने निर्णय समेत गरेको थियो । त्यसैको कानूनी व्यवस्था र निर्देशिका बनाउन न्यायाधीश मीरा खड्काको संयोजकत्वमा समिति बनेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top