अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहारः ३ विद्यार्थीको मृत्यु, ८ घाइते

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, काठमाडौं।
अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको ज्यान गएको छ ।

Advertisement

ज्यान गुमाउनेमा १६ वर्षीय किशोर, १४ र १७ वर्षीया किशोरीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top