×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

ओमिक्रोन असरः नेपालबाट फेरि रोकियो बैङ्लौर र मुम्बई सिधा उडान

१६ मंसिर २०७८

१६ मंसिर, विराटनगर ।
छिमेकी देश भारतसँग पूर्ववत सहज अवस्था जस्तै गरी नियमित रुपमा विमान सेवा संचालन गर्ने दुवै देशको तयारीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बाधक बनेको छ ।

दुई हप्ताअघि भारत सरकारले नेपाल र भारतबीच दैनिक ८ उडान गर्नेगरी नेपालसँग प्रस्ताव गरेको थियो । जसको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने बताएको थियो ।

Advertisement
Advertisement

तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एयरबबल स्कीम हटाएर अन्तराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको सरकार फेरी अन्योलमा परेको छ । नेपाल वायुसेवा निगमले कोरोना भाइरसको महामारी फैलिएपछि उडान बन्द गरेको भारतीय शहर मुम्बई र बैङ्लौरमा उडान शुरु गर्न गरेको तयारी कोरोनाको नयाँ भेरियन्टका कारण पुनः अन्योलमा परेको हो ।

भारत सरकारले १५ डिसेम्बरबाट एयर बबल स्किम हटाएर अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको थियो । तर, बुधबार यो निर्णय स्थगित गरिएको छ । जसका कारण नेपाल एयरलाइन्सले मुम्बई र बैङ्लौरमा गरेको उडानको तयारी समेत अवरुद्ध बनेको हो ।

नेपाल एयरलाइन्सले १८ डिसेम्बरबाट बैङ्लौरमा साताको दुई (मंगलबार र शनिबार) र मुम्बईमा १९ डिसेम्बरबाट साताको दुई (आइतबार र बुधबार) उडानको योजना बनाएको थियो ।

निगमले यो तालिका सार्वजनिक गर्ने तयारी गरिरहेकै समयमा भारतको नयाँ नियम सार्वजनिक भएको हो । जसले गर्दा निगमको भारतको उडान पुनः अवरुद्ध भएको हो । अहिले निगमले भारतको नयाँ दिल्लीमा दैनिक एक उडान गरिरहेको छ ।

Advertisement

निगमले काठमाडौंबाट दुबईमा भने थप दुई उडान गर्ने तयारी गरेको छ । काठमाडौं–दुबई–काठमाडौं रुटमा अहिले दैनिक एक उडान भइरहेको छ । ५ डिसेम्बरपछि आइतबार र बुधबार थप एक÷एक गरि सातामा कुल ९ उडानको योजना निगमले बनाएको छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top