बंगालको खाडीमा उत्पन्न जवाद चक्रवातको असर नेपालमा पनि

१७ मंसिर ७८, शनिबार

१८ मंसिर, विराटनगर ।
बंगालको खाडीमा उत्पन्न भएको जवाद नामको सामुद्रिक चक्रवातको असर नेपालमा पनि पर्ने विज्ञहरूले बताएका छन् ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार सो चक्रवात शनिबार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर पूर्वतर्फ सर्ने देखिएको छ।

उक्त चक्रवातका कारण नेपालमा शनिबार रातिबाट प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement

यस्तै ती प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। तर आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने पनि विभागले जनाएको छ । यस्तै भोलि आइतबारबाट फेरि अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको छ।

सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

Advertisement

उक्त प्रभावले सोमबार भने देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने बताइएको छ ।

आइतबार राति र सोमबार दिउँसो उक्त प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top