अन्तराष्ट्रिय युवा दिवसमा एडहोमद्धारा ४० युवा सम्मानीत

२५ साउन ७५, शनिबार

विराटनगर, साउन २६
अन्तराष्ट्रिय युवा दिवसको अबसरमा विराटनगरमा ३ दर्जन बढी युवायुवतीलाई सम्मान गरिएको छ । दिवसको अबसरमा भर्खरै एडहोमद्धारा सञ्चालीत पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ का सहभागिलाई प्रमाणपत्र वितरण समारोहमा उक्त प्रतियोगिताका २०१६ देखीका सौन्दर्य प्रतियोगिता सँग सम्बन्धीत ४० जना युवा युवतीलाई सम्मान गरिएको हो ।

Advertisement


सम्मानीत युवा युवती तथा पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ का सहभागिलाइ प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रमाणपत्र वितरण गरेका थिए । सो अबसरमा बोल्दै मन्त्री घिमिरेले शौन्दर्य प्रतियोगिताले युवा युवतीको बौद्धिकता विकास हुनुका साथै उज्वल भविष्य बन्ने बताए ।

Advertisement

सो अबसरमा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय सचिव वसिम आलम, राष्ट्रि क्रिकेट खेलाडी सिद्धान्त लोहनी, लियो क्लब अफ मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्ट चाँद बाबु इराकीलगायतको उपस्थित रहेको पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सका कोरियोग्राफर साजिद आलमले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top