एनआरटी र च्यासलको बराबरी

१८ मंसिर, काठमाडाैँ ।

च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले पनि बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दिनको दोस्रो खेलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा एनआरटीसँग अंक बाड्न पुगेको हो । ४३ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई १–० को अग्रता दिलाएका थिए । कमल श्रेष्ठको कर्नरमा एनआरटीका मेसौकेले हेडरमार्फत क्लियर गरेको बलमा पेनाल्टी एरिया भित्र रहेका रुमेशले भली गोल गर्दै टोलीको अग्रता निकालेका हुन ।

त्यसपछि खेलको ७८ औं मिनेटमा एनआरटीका दिपेश दृश्यले गोल गर्दै खेल बराबरीमा ल्याए । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले गोल गर्दै एनआरटीलाई बराबरीको अवस्थामा ल्याएका हुन । त्यसपछि दुबै टोली गोलका लागि निकै संघर्ष गरे पनि थप गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै च्यासलले ३ खेलमा ४ अंक जोडेको छ । एनआरटीले ३ खेलमा २ अंक जोडेको छ । खेलमा च्यासलका बिराज महर्जन म्यान अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयरको अवार्ड च्यासलकै रुमेश बर्तौलाले बाजी मारे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top